Share on:

स्वाटिकमाथि एनिसिमोभाको बदला
September 4th, 2025

अमेरिकाका आठौं वरीयताकी खेलाडी अमान्डा एनिसिमोभाले इगा स्वाटिकमाथि मीठो बदला रच्दै बिहीबार यूएस ओपनको सेमिफाइनल यात्रा तय गरेकी छिन् ।


विम्बल्डनको फाइनलमा बेहोरेको एकपक्षीय हारको बदला लिने क्रममा एनिसिमोभाले आर्थर ऐस स्टेडियममा स्वाटिकलाई ६–४ र ६–३ ले हराएको हो । विम्बल्डनको त्यस फाइनलमा स्वाटिक ६–० र ६–० ले विजयी रहेकी थिइन् ।


उपाधिको बलियो प्रत्यासी रहेकी पोल्यान्डकी स्वाटिकको यस हारसँगै चुनौती समाप्त भएको छ । पुरुषतर्फ फेलिक्स एगर–एलिसिम अन्तिम चार पुगे ।


उनले यसका लागि एलेक्स डे मिनरलाई ४–६, ७–६, ७–५ र ७–६ ले पराजित गरे ।


Swadesh Maharjan | September 4th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya