Share on:

यूएस ओपन २०२५ः एनिसिमोभा र सबलेन्का फाइनलमा
September 5th, 2025

दुई उत्कृष्ट सेमिफाइनलसँगै यूएस ओपन २०२५ को फाइनल समीकरण पूरा भएको छ र त्यसमा उपाधिका लागि भिड्दै छन्, अमान्डा एनिसिमोभा र आरयना सबलेन्का । दुवै खेलाडीले फाइनल प्रवेशका लागि एक सेटले पछाडि रहेको स्थितिबाट पुर्नआगमन रचेको हो ।


अमेरिकाकी एनिसिमोभाले शुक्रबार भएको दोस्रो सेमिफाइनलमा नाओमी ओसाकालाई ६–७, ७–६ र ६–३ ले पराजित गरिन् । उनी पहिलो पटक यूएस ओपनको फाइनल पुगेकी हुने । उनी ग्रान्ड स्लाम फाइनलमा पुगेको यो लगातार दोस्रो पल्ट हो । यसअघि उनले विम्बल्डन फाइनल पनि खेलेकी थिइन् ।


शुक्रबारनै भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन तथा नम्बर १ खेलाडी सबलेन्काले जेसिका पेगुलालाई ४–६, ६–३ र ६–४ ले हराइन् । सबलेन्का ग्रान्ड स्लाम फाइनलमा पुगेको भने यो छैटौं पल्ट हो । उनले सन् २०२५ मा कुनै ग्रान्ड स्लाम उपाधि जित्न सकेकी छैनन् ।


Swadesh Maharjan | September 5th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya