Share on:

दक्षिण अफ्रिकालाई वान डे सिरिज
September 5th, 2025

दक्षिण अफ्रिकाले दोस्रो वान डेमा शुक्रबार इंग्ल्यान्डलाई पाँच रनले पराजित गर्दै तीन खेलको सिरिज जितेको छ । यस जितसँगै दक्षिण अफ्रिका २–० ले अगाडि रहेको हो ।


लर्डसको मैदानमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर ३ सय ३० रन बनाएको थियो । त्यसमा म्याथ्यु ब्रेट्जकेले सर्वाधिक ८५ रन बनाए ।


जवाफमा इंग्ल्यान्डले नौ विकेट गुमाएर ३ सय २५ रन मात्र बनाउन सक्यो । त्यसमा जोए रुटले सर्वाधिक ६१ रनको योगदान दिए ।


Swadesh Maharjan | September 5th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya