लियोनल मेसीको दुई गोलको मदतले अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रबार भेनेजेएलालाई ३–० ले पराजित गरेको छ । ब्यनर्स आयर्सको स्टाडियो मोनुमेन्टलमा भएको खेलमा अर्जेन्टिनाले आत्मसात् गरेको जित सजिलो रह्यो ।
मेसीले ३९ र ८० औं मिनेटमा गोल गरे । यस्तै लउटारो मार्टिनेजले ७६ औं मिनेटमा थप एक गोल गरे । डिफेन्डिङ च्याम्पियन पनि रहेको अर्जेन्टिना एक वर्षपछि हुने विश्वकपका लागि यसअघि नै छनोट भइसकेको छ ।
छनोटमा उसको १७ खेलबाट ३८ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा छ । आइतबारको अन्य खेलमा कोलम्बियाले बोलिभिया तथा उरुग्वेले पेरुलाई समान ३–० ले पराजित गर्यो । पाराग्वे र इक्वेडरले भने गोलरहित बराबरी खेले ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]