Share on:

प्राज्नालाई आरम्भको सम्मान
June 16th, 2025

गल्कोपाखास्थित आरम्भ संस्कार विद्यालयले टेबलटेनिस खेलाडी प्राज्ना महर्जनलाई सोमबार नगदसहित सम्मान गरेको छ । विद्यालयका कक्षा कप्तान तथा विद्यालयका लागि विद्यालय लिडर गरी ७२ जना विद्यार्थीलाई विभिन्न पदमा पदस्थापन गरिएको कार्यक्रममा प्राज्ना नगद १५ हजारसहित सम्मानित भइन् ।

दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा २ पदक जितेकोमा प्राज्नालाई सम्मान गरिएको हो । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा उक्त प्रतियोगिता गत बैशाख ११ देखि १४ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको थियो । प्राज्नाले यु–१५ गल्र्स डबल्समा रजत र टिम इभेन्टमा कांस्य पदक जितेकी  थिइन् । नेपालले प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्य गरी १२ पदक जितेको थियो ।

प्राज्ना आरम्भमै पूर्ण छात्रवृत्तिमा कक्षा ६ मा अध्ययनरत छिन् । आरम्भले प्राज्नासंगै टेबलटेनिस खेलाडी निश्चल थापा, यमिला श्रेष्ठ, आभा प्रधान र दिवाश्री श्रेष्ठलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

प्राज्नालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आरम्भका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले सम्मान गरे ।


Swadesh Maharjan | June 16th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya