काठमाडौँ। फिफा क्लब विश्वकप अन्तर्गत बायर्न म्युनिखले न्यूजील्यान्डको क्लब अकल्यान्ड सिटीविरुद्ध गोलको बर्षा गरेको छ।
आइतबार राति भएको खेलमा बायर्न म्युनिखले अकल्यान्डलाई १०-० गोल अन्तरले पराजित गरेको हो।
बायर्नका लागि जमाल मुसिआलाले ह्याट्रिक गरे भने थोमस मुलर, माइकल ओलीस र किंग्सले कोम्यानले २-२ गोल गरे। त्यस्तै सचा बोएयले एक गोल गरे।
यो जितपछि समुह सी मा बायर्न म्युनिखले महत्वपूर्ण ३ अंक हासिल गरेको छ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]