काठमाडौं। फिफा क्लब विश्वकप अन्तर्गतको खेलमा युईएफए च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मन (पिएसजी)ले सहज जित हासिल गरेको छ।
गएराती सम्पन्न खेलमा पिएसजीले स्पेनीस क्लब एटलेटिको मड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
पिएसजीको जितमा फाबियन रुइज, भिटिन्हा, सेनी मायुलु र ली कांग इनले एक एक गोल गरे।
खेलको ७८औं मिनेटमा क्लेमेन्ट लेंगलेटले रातो कार्ड पाएपछि एटलेटिको १० खेलाडीमा सिमित भएको थियो। यो जितपछि समुह बि मा पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]