Share on:

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता
June 16th, 2025

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार तय भएको फाइनल वर्षाका  नतिजाविहिन भएपछि दुवै टोलीलाई संयुक्तरुपमा विजेता घोषणा गरिएको हो ।

 टस हारेर ब्याटिङको निम्तो पाएको पाँचपोखरी १७.४ ओभरमा एक विकेट गुमाउँदै १३३ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । 

खेल रोकिनुअघि पाँचपोखरीका कप्तान सार्थक धिताल ५२ बलमा सात चौकाको मद्दतले ६१ तथा बुद्धी तामाङ ४४ बलमा दुई चौकासहित ३३ रन बनाएर खेलिरहेका थिए । यसैगरी  रोशन विक २४ रन बनाए आउट भए । 

मेलम्चीका लागि कप्तान रिन्जिङ तामाङले एक विकेट लिए । 

संयुक्तरुपमा विजेता घोषित भएपछि दुवै टोलीले पुरस्कार रकम पनि बाँडेका छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाा प्राप्त गर्नेछन् । 

वर्षाका कारण पहिलो सेमिफाइनल रद्द भएपछि पाँचपोखरी समूह विजेताको हैसियतले फाइनल प्रवेश गरेको थियो । यसैगरी दोस्रो सेमिफाइनलमा मेलम्चीले द माइटी साँगाचोका क्लबविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।  

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका थिए ।


Swadesh Maharjan | June 16th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya