पेरिस सेन्ट-जर्मेनले म्युनिखमा इन्टर मिलानलाई ५-० ले पराजित गर्दै आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जितेको छ सन् १९५६ यता भएको प्रतियोगिताको फाइनलमा सबैभन्दा ठूलो गोल अन्तरले जितको हो ।
पिएसजीको जितमा डिजेर डुवेले २, आक्राफ हाकिमी,ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरेका थिए।
खेलको १२ औं मिनेटमा हाकिमीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए।त्यस्तै डुवेले २० औं मिनेटमा गोल गर्दै २-० बनायो।
त्यस्तै खेलको ६३ औं मिनेटमा डुवेले व्यक्तिगत दुई र पिएसजीका लागि तेस्रो गोल गरेको थियो। त्यसरीनै खेलको ७३औं मिनेटमा क्वारात्स्खेलिया गोल गर्दै टोलीको अग्रतालाई ४-० बनाए ।
मायुलुले ८६ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरे।
पिएसजीले यस सिजन च्याम्पियन लिग, लिग वान र कूप डे फ्रान्स गरि ट्रेबल हात पारेको छ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]