Share on:

कीर्तिमानी धावक मानन्धर सम्मानित
June 3rd, 2025

काठमाडौ। नेपालका कीर्तिमानी धावक तथाओलम्पियन वैकुण्ठ मानन्धर मंगलबारसम्मानित भएका छन्। नेपालको पहिलोसाइकल पसल प्याङ्क बाइकले आफ्नो १००वर्ष पुगेको अवसरमा मानन्धरलाई सम्मानितगरेको हो ।


काठमाडौं महानगरपालिका उपप्रमुख सुनिताडंगोलको प्रमुख आथिथ्य रहेको कार्यक्रममाप्याङ्कले एडिसन साइकल सार्वजनिक समेतगर्‍यो । उपप्रमुख डंगोल र संचालक तिरेकमानन्धरले ओलम्पियन बैकुण्ठ मानन्धरलाईसम्मान गरेका थिए । ओलम्पिन मानन्धरले पनिएक थान प्याङ्क एडिसन बाइक प्राप्त गरेकाछन् ।


मानन्धरको खेलकुदप्रति अथक समर्पण रप्रेरणादायी उपस्थितिको कदर गर्दै प्याङ्ककस्टम बैकुण्ठ मानन्धर २ः१५ः०३ लिमिटेडएडिसन नामक साइकल सार्वजनिक गरेकाछौं,’  संचालक तिरेक मानन्धरले भने ।


यससँगै ओलम्पियन मानन्धर एडिसनसाइकलको सद्भावना दूत नियुक्त भएका छन् ।अब, यो साइकल १०० थान बिक्रीबाट उठेकोफाइदा मानन्धरले पाउनेछन् ।


मानन्धरले सन् १९८७ को दक्षिण एसियालीखेलकुद (साग) को म्याराथन २ घण्टा १५मिनेट ३ सेकेन्डमा पूरा गरेका थिए । ३८वर्षपछि पनि यो कीर्तिमान दक्षिण एसियामातोडिएको छैन ।


सम्मानित भएपछि मानन्धरले भने, ‘योसाइकलबाट आएको रकम मैले आफ्नैसंस्थामा खर्च गर्नेछु र दोस्रो बैकुण्ठ मानन्धरजन्माउने प्रयत्न गर्नेछु’ मानन्धरले भने, ‘योसाइकल मेरो सुविधाको लागि मात्र होयन, सम्मान र सम्झना जोडिएको छ । सम्मानितबनाउनु भएकोमा अत्यन्त कृतज्ञ छु ।’


सन् १९२५ मा अष्ट नारायण मानन्धरले असनकमलाक्षीमा पञ्च नारायण अष्ट नारायणसाइकल पसलको सुरुवात गरेका थिए ।हालसम्म यो पसल असनमा यथावत छ ।


Swadesh Maharjan | June 3rd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya