Share on:

११ औं संस्करणको नेपाल एमेच्योर ओपनगल्फ च्याम्पियनसिप आज देखि सुरू
June 3rd, 2025
नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य ६–अन्डर६६ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहेका छन्। 
उनले नेपलका वाङ्गचेन ढोन्डुपलाई २ स्ट्रोकले पछि पारे।वाङ्गचेन ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहेका छन्।नेपालका राहुल विश्वकर्मा, भारतका सुमित कोटवाल रबङ्गलादेशका मोहम्मद साहाब उद्दीन २–अन्डर ७० सहितसंयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन्। 

इभन–पार ७२ को स्कोरमा नेपालका प्रकृत तामाङ रश्रीलंकाका रेशन अलगामाले छैटौ स्थान बाँडे। यस्तै नेपालकाटासी छिरिङ, भुटानका डेचेन लेन्डुप र निम दोर्जी तामाङ तथाभारतका भिभान उभयाकरले २–ओभर ७४ को स्कोरमासंयुक्तरुपमा आठौं स्थानमा पहिलो दिनको खेल सकाएकाछन्। 

पहिलो दिनका लिडर सदभावले बोगी रहित फ्रन्ट नाइन खेले।पहिलो, सातौं र आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन३–अन्डर ३३ मा सकाए। यसपछि ब्याक नाइनमा सदभावले११औं, १२औं, १४औं र १८औं‌ होलमा बर्डीको सफलता प्राप्तगरे। १३औं‌ होलमा भने एक सट खेर फाले। उनले ब्याक नाइनपनि ३–अन्डर ३३ खेले। 
 
वाङ्गचेनले पहिलो, छैटौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्टनाइन ३–अन्डर ३३ मा सकाए। यसपछि १०औं र १२औं होलमापनि एक–एक सट बचाए। १५ औं होलमा बोगीको समानागरेसँगै ब्याक नाइन १–अन्डर ३५ मा पुरा गरे। 

महिलातर्फ भारतकी अनन्थी विवेक १–अन्डर ७१ सहितशीर्षस्थानमा रहन सफल भएकी छिन्। उनले नेपालकी ताराकार्की चित्रकारलाई ९ स्ट्रोकको फराकिलो अन्तरले पछिपारिन्। ताराले ८–ओभर ८० खेलिन्।

अभान्थीले फ्रन्ट नाइनमा ३–अन्डर ३३ र ब्याक नाइनमा२–ओभर ३८ खेलिन्। उनले तेस्रो, पाँचौं, सातौं, आठौं र नवौंहोलमा बर्डी प्रहार गरिन्। दोस्रो र छैटौं होलमा बोगी खेपिन्।ब्याक नाइनमा भने १६औं होलको बर्डी विरुद्ध १२औं, १५औं र१८औं होलमा एक–एक सट खेर फालिन्। 

नेपालकी ताराले पाँचौं होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३५मा सकाइन्। तर ब्याक नाइनमा बिर्सनलायक प्रदर्शन गरिन्।उनले ब्याक नाइनमा कुल छ वटा होलमा बोगी खेप्दा १२औंहोलमा ट्रिपल बोगी प्रहार गर्न पुगिन्। यो सँगै ब्याक नाइन९–ओभर ४५ मा पुरा गर्न बाध्य भइन्। 

यसैगरी भारतकी दिया क्रिस कुमार ८४ स्कोर सहित तेस्रो तथानेपालकी एन्जिला योञ्जन (९१) र अभानी राई (९४) का साथक्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन्। 
यु–१६ तर्फ रूबेन थापा ८० स्कोर सहित शीर्षस्थानमा रहे। ९०स्कोर बनाएका दीप्सन लामा दोश्रो र ९३ स्कोर सहित दिपेशश्रेष्ठ तेस्रो स्थानमा रहे। 

पुरूषको टिम स्पर्धामा नेपाल ’ए’ टिमका सदभाव आचार्य रराहुल विश्वकर्मा १ सय ३६ स्कोरका साथ पहिलो स्थानमारहेका छन्। नेपाल ’बी’ टिमका टासी छिरिङ र वाङ्गचेनढोन्डुप  १ सय ४२ स्कोरसहित दोस्रो स्थानमा रहेको छ। 
बङ्गलादेशका सफिकुल इस्लाम र मोहम्मद सहाब उद्दीन १सय ४५ स्कोर सहित तेस्रो स्थानमा रहेको छ। 
आज बिहान राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवटंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए। तीनदिने ५४–होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एसियाकाबङ्गलादेश, भुटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रका५७ खेलाडीको सहभागीता रहेको छ। 

व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ।सहभागि खेलाडी मध्य उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८होलको लागि स्थान सुरक्षित गर्नेछन। यो प्रतियोगिता वर्ल्डएमेच्योर गल्फ र्‍याङ्किङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्तहो। प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूलेर्‍याङ्किङ अंक समेत प्राप्त गर्नेछन्।

Swadesh Maharjan | June 3rd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya