← समाचारमा फर्कनुस्
Cricket Oct 16, 2025 · Swadesh

यूएई बन्यो छनोट हुने २० औं टिम

यूएई बन्यो छनोट हुने २० औं टिम

यूएई ट्वान्टी ट्वान्टी विश्वकप २०२६ का लागि बिहीबार छनोट भएको छ । एसिया र इस्ट एसिया प्यासिफिको छनोटको सुपर सिक्समा जापानलाई आठ विकेटले पराजित गरेपछि यूएईले यो उपलब्धी चुमेको हो । ओमानमा भएको खेलमा जापानले पहिले ब्याटिङ गर्दै नौ विकेटमा १ सय १६ रन बनाएको थियो ।


जवाफमा यूएईले १२.१ ओभरमा दुई विकेट मात्र गुमाएर १ सय १८ रन बनाएको थियो । यो जितपछि यूएईको छ अंक भएको छ र दोस्रो स्थानमा उक्लेको छ । अहिलेसम्म अपराजित नेपाल आठ अंकमा शीर्षमा छ । छ अंकमै रहेको ओमान तेस्रो स्थानमा झरेको छ ।


यससँगै विश्वकप खेल्ने सबै २० टिमको निश्चित भएको छ । त्यसमा भारत र श्रीलंका आयोजक देशका रूपमा छनोट भएका छन् । यी दुई आयोजक देश बाहेक पछिल्लो विश्वकपमा शीर्ष सातमा रहेका टिमले पनि प्रतियोगितामा स्वतः प्रवेश पाएका छन् । ती हुन्, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज ।


आईसीसी वरीयतामा अगाडि रहेका आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले पनि अबको विश्वकप खेल्नेछन् । त्यस बाहेक अमेरिकाबाट क्यानाडा तथा युरोपबाट इटाली र नेदरल्यान्ड्स छनोट भए । यस्तै अफ्रिकाबाट नामिबिया र जिम्बावे छनोट भएका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →