← समाचारमा फर्कनुस्
Top Headlines Oct 29, 2026 · Swadesh

काठमान्डुमाथि जनकपुरको सजिलो जित

काठमान्डुमाथि जनकपुरको सजिलो जित

ब्याटबाट मोइन अलि र बलबाट राहुल यादवले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग सिजन–थ्रीमा बिहीबार काठमान्डु गोर्खाजमाथि सजिलो आठ विकेटको जित निकालेको छ । कर्णाली याक्ससँग पहिलो खेल गुमाएको जनकपुरका लागि यो जितले धेरै राहत दिनेछ । 

जितका लागि १ सय १६ रनको लक्ष्य पाएको जनकपुरले दुई विकेट गुमाएर अवाश्यक रन बनायो । उसको जित १७.२ ओभरमै सम्भव भएको थियो । त्यसमा मोइनले ५१ बलमा ५८ रन बनाए र नटआउट रहे । यस्तै नटआउट अर्का ब्याटर सइफ हसनले ३८ बलमा ३४ रन जोडे । 

काठमान्डुले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र त्यो धेरै हदसम्म सही सावित भएन् । नियमित अन्तरमा विकेट गुमाएको काठमान्डु १९.३ ओभर माक्र टिकेको थियो र यसत्रममा अलआउट भएर १ सय १५ रन मात्र बनाएको थियो ।

 जनकपुरका लागि राहुलले घातक बलिङ गरे र ३१ रनमा चार विकेट लिए । यस्तै सइफ हसनले ११ रनमा दुई विकेट हात पारे । काठमान्डुका ब्याटरमध्ये भीम सार्कीले २९ बलमा सर्वाधिक ३३ रन बनाए । रसिद खानले पनि १३ रनको योगदान गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →