तेस्रो सिजन सुदूरपश्चिमको पहिलो जित

दुई पल्ट उप विजेतामा सीमित भएको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा बुधबार लिग चरणको पहिलो जित निकालेको छ । टीयू क्रिकेट मैदानमा उसले पोखरा एभेन्जर्सलाई छ विकेटले पराजित गरेको हो ।
जितका लागि १ सय ४६ रन पछ्याएको सुदूरपश्चिमले चार विकेट गुमाएर १६.५ ओभरमा १ सय ४८ रन बनाएको हो । त्यसमा कप्तान दीपेन्द्रसिंह ऐरीले बलमा सर्वाधिक ५१ रन जोडे र नटआउट पनि रहे । उनले ३६ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।
यस्तै इशान पाण्डेले ३७ र ब्रेन्डन म्याकमुलेनले २२ रन बनाए । टस हारेर पहिले ब्याटिङका लागि आर्लेको पोखराले सात विकेटमा १ सय ४५ रन बनाएको थियो । अर्जुन घर्तिको प्रदर्शनमा यो स्कोर तयार भएको हो । उनले २५ बलमा ४० रन बनाए र त्यसमा चार चौका र एक छक्का सोमल थियो ।
यस्तै ओपनर मेहदी हसनले ३२ रन बनाए । कप्तान कुशल भुर्तेलले २१ रन बनाए । सुदूरपश्चिमका बलरमध्ये अनिल खरेलले २३ रनमा तीन विकेट लिए । पहिलो खेलमा हार बेहोरेयता सुदूरपश्चिमको तेस्रो सिजन लिग चरणमा यो पहिलो जित हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |