कर्णालीको प्रभावशाली विजयी सुरुआत

कर्णाली याक्सले नेपाल प्रिमियर लिग सिजन–थ्रीमा मंगलबार प्रभावशाली विजयी सुरुआत लिएको छ । उसले कीर्तिपुरको टीयू मैदानमा भएको खेलमा पहिलो सिजनको विजेता जनकपुर बोल्टसलाई १९ रनले पराजित गरेको हो ।
जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.३ ओभरमा सबै विकेट गुमाएर अगाडि १ सय १३ रन मात्र बनाउन सक्यो । उसका लागि कोही ब्याटरले निर्णायक सावित हुन सक्ने इनिङ्स खेल्न सकेनन् ।
अभिषेक तिवारीले बनाएको २० रन नै सर्वाधिक ठूलो स्कोर रह्यो । मोइन अलि र कप्तान हरमित सिंहले समान १९ रन बनाए । अन्य लगभग सबै ब्याटर सस्तोमै आउट भए । कर्णालीका लागि हसन तलत र उनिश ठकुरीले तीन तीन विकेट लिए ।
टस हारेर पहिले ब्याटिङमा ओर्लेको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । ओपनर अरिफुल इस्लामले २९ बलमै ४३ रन बनाए । यस्तै पवन सर्राफले ३७ रन थपे ।
जनकपुरका बलरमध्ये हरमितले २२ रनमा तीन विकेट लिए । मोइन र राहुल यादवले पनि दुई दुई विकेट हात पार्न सफल रहे ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |