← समाचारमा फर्कनुस्
Top Headlines Oct 27, 2026 · Swadesh

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई आठ रनले पराजित गरेको छ । कीर्तिपुरको टीयू मैदानमा भएको रोमाञ्चक खेल जितेर चितवन दुई अंकसहित विजयी सुरुआत लिन सफल रह्यो ।

विराटनगरलाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएकोमा त्यसलाई हात पार्न सकेन् । यस्तोमा १ सय ५८ रन पछ्याएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो । त्यसमा वेस्ट इन्डिजका आन्द्रे रसेलले दर्शकलाई खुसी बनाउँदै १७ बलमा ३३ रन बनाए ।

उनले एक चौका र चार छक्का प्रहार गरे । यस्तै ओपनर इमरान शेखले १४ बलमै २६ रन बनाए । तर यी सबै प्रदर्शन जितका लागि पर्याप्त रहेन् । टस हारेर पहिले ब्याटिङमा ओर्लेको चितवनले तीन विकेटमा १ सय ५७ रन बनाएको थियो ।

ओपनर डाविड मलानले त्यसमा सर्वााधिक ७० रनको योगदान गरे । उनले ५० बलको सामना गरे र पाँच चौका तथा पाँच छक्का प्रहार गरे । यस्तै कप्तान रवि भोपाराले ३२ र डन मोउस्लीले २९ रन बनाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →