लुम्बिनीको शानदार विजयी सुरुआत

डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा सोमबार शानदार सुरुआत लिएको छ । उसले टीयू क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको हो ।
गत वर्षको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै हराएको थियो । यसपल्ट जितका लागि ८८ रनको झिनो लक्ष्य पाएको लुम्बिनीले तीन विकेट गुमाएर ९.५ ओभरमा ८८ रन बनाए । डिआरसी सर्ट र आसिफ सेखले पहिलो विकेटका लागि ७१ रनको आक्रामक साझेदारी गरे ।
सर्टले १८ बलमा ४० रन बनाए । अर्का ओपनर आसिफ सेखले ३२ रन जोडे । लुम्बिनीले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको थियो र यसक्रममा पूरा टिम ८७ रन बनाएर अलआउट भएको थियो । सुदूरपश्चिम १७.२ ओभर मात्र टिकेको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । यस्तै ओपनर सइज जैबले १३ रन जोडे । अन्त्यतिर अनिल खरेलले १५ रनको योगदान गरे । उनीहरूलाई छाडेर ब्याटरलाई छाडेर अरू कसैले पनि दोहोरो अंक छुन सकेनन् । लुम्बिनीका बलरमध्ये किशोर महतोले चार र शेर मल्लले तीन विकेट लिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |