← समाचारमा फर्कनुस्
Top Headlines Oct 29, 2026 · Swadesh

विराटनगरमाथि कर्णालीको सनसनीपूर्ण जित

विराटनगरमाथि कर्णालीको सनसनीपूर्ण जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजन बिहीबारको खेलमा विराटनगर किंग्समाथि सनसनीपूर्ण चार विकेटको जित निकालेको छ । जितका लागि १ सय ८७ रन पछ्याएको कर्णाली याक्सले १९.५ ओभरमा छ विकेट गुमाएर विजयी रन जोड्यो ।  

कर्णालीको यो लगातार दोस्रो जित हो र चार अंकमा लिग तालिकाको शीर्षमा रह्यो । कर्णालीको भने यो लगातार दोस्रो हार हो । यो जितका लागि कप्तान सोमपाल कामीले ३२ बलमा ६२ रन बनाए । यस्तै गुल्सन झाले २१ बलमा २८ रन बनाए र दुवै नटआउट रहे ।

पवन सर्राफले पनि २८ बलमा ३६ रन थपे । यस्तै अरिफुल इस्लामले पनि ३२ रनको योगदान दिए । विराटनगर टस हारेर सुरुमा ब्याटिङको लागि ओर्लेको थियो र यसक्रममा सात विकेटमा १ सय ८६ रन बनाउन सफल रह्यो । विराटनगरको इनिङ्स पूर्णतः ओपनर लोकेशको आक्रामक ब्याटिङको टिकेको थियो ।

उनले ८७ रनका लागि ५२ बलको माक्र सामना गरे । यसत्रममा उनले तीन चौका र नौ छक्का प्रहार गरे । यस्तै एन्जोलो म्याथ्युजले २३ बलमा ३१ र आन्द्रे रसेलले १५ बलमा २७ रन बनाए । कर्णालीका बलरमध्ये सोमपाल कामीले ३३ रनमा चार विकेट लिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →