← समाचारमा फर्कनुस्
Cricket Mar 08, 2023 · Nepalsports

युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली घोषणा

युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली घोषणा

काठमाडौ- नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १४ सदस्यी क्रिकेट टोली घोषणा गरेको छ ।

बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि क्यानले मंगलबार मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको छ । क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडीमा कुनै परिवर्तन गरेको छैन ।

नेपालले बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्दैछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।

त्यस्तै रिजर्भ खेलाडीको रुपमा सन्दीप जोरा, श्याम ढकाल, कमल सिंह ऐरी र अर्जुन साउदलाई राखिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →