← समाचारमा फर्कनुस्
Top Headlines Nov 01, 2026 · Swadesh

जनकपुरको दोस्रो जित पोखराको दोस्रो हार

जनकपुरको दोस्रो जित पोखराको दोस्रो हार

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजन आइतबार आफ्नो दोस्रो जित आत्मसात् गरेको छ । टीयू क्रिकेट मैदानमा जनकपुरले पोखरा एभेन्जर्सलाई नौ रनले हराएको हो । पोखराको भने लगातार दोस्रो हार हो ।

जितका लागि १ सय ४८ रन पछ्याएको पोखराले २० ओभरमा नौ विकेट गुमाएर १ सय ३८ रन बनायो । त्यसमा कप्तान कुशल भुर्तेलले २४ बलमा ३५ रन बनाए । यस्तै विपिन आचार्यले २० र विपिन खत्रीले १७ रन थपे ।

पोखरालाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो, त्यसलाई प्राप्त गर्न सकेन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले तृतराज दासको अर्धशतकको मदतले सात विकेटमा १ सय ४७ रन बनाएको थियो ।

उनले ५५ बलमा ६१ रन बनाए । उनको ब्याटबाट सात चौका र दुई छक्का निस्केको थियो । यस्तै अभिषेक तिवारीले २४ र मोइन अलिले २१ रन बनाए । पोखरेली बलरमध्ये साकिब अल हसनले १५ रनमा तीन विकेट लिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →