← समाचारमा फर्कनुस्
लगातारको जितपछि टोटनहम अगाडि बढ्दै

लगातार जितसँगै लय समाटेको टोटनहमले इग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई २–० ले हराएको छ । यो नतिजाछि केही दिन अगाडिसम्म अंक तालिकाको पुछारमा रहेको टोटनहम आठौं स्थानमा उक्लेको छ ।
अब टोटनहमको १२ अंक भएको छ । प्यालेस भने सात अंकमा रेलिगेसन क्षेत्रमा रह्यो । टोटनहमका लागि आर्चे ग्रे र जन पउल भानले गोल गरे । अब टोटनहमले युरोपमा छनोट हुन चुनौती पेस गर्न सक्नेछ ।
यसअघि ब्राइटनले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई १–० ले स्तब्ध पारेको थियो । इतिहाडमा यासिन अयारीले एक मात्र गोल गरे । यो नतिजाले उपाधि होड फेरि खुल्ला भएको छ ।
यो हारपछि भने सिटी २१ अंकमा शीर्ष स्थानमा रह्यो । उसको पछाडि आर्सनल समान अंकमा रहेको छ र आइतबार लिभरपुलको सामना गर्न एनफिल्डको भ्रमणमा निस्कदैछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |