← समाचारमा फर्कनुस्
Football Nov 01, 2026 · Swadesh

एलाभेजमाथि बार्सिलोनाको छ गोल

एलाभेजमाथि बार्सिलोनाको छ गोल

बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एलाभेजमाथि ६–१ को जित निकालेको छ र फेरि शीर्ष स्थानमा उक्लेको छ । क्याटलान क्लबका लागि क्याम्प नुमा राफिन्हा र लामिन यामलको दुई दुई गोल गरे ।

लगातार दुई हारपछि बार्सिलोना फेरि जितको बाटोमा फर्केको हो । बार्सिलोना यसअघि युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन र ला लिगामा रियल म्याड्रिडसँग लगातार खेलमा पराजित भएको थियो ।

यसले बार्सिलोना संकटमा देखिएको थियो, तर अहिलेको जितले उसलाई धेरै राहत दिनेछ । अहिलेका लागि बार्सिलोनाको ३० अंक भएको छ ।

एटलेटिको म्याड्रिडभने दुई अंकको दूरीमा दोस्रो छ र उसले यसअघि लेभान्टेलाई २–० ले हराएर केही घण्टाका लागि शीर्ष स्थान रहेको थियो । एटलेटिकोका लागि अलेजान्ड्रो ग्रिमाल्डो र जुलियानो सिमोनीले एक एक गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →