← समाचारमा फर्कनुस्
Football Oct 31, 2026 · Swadesh

युनाइटेडलाई गाह्रो पार्ने चेल्सीको जित

युनाइटेडलाई गाह्रो पार्ने चेल्सीको जित

चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार दस खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई २–० ले हराएको छ र यो नतिजाले युनाइटेडलाई थप गाह्रो हुनेछ । लगातार खराव खेलिरहेको युनाइटेडले बेहोरेको यो नतिजाले प्रशिक्षक माइकल क्यारेक वर्खास्तीको संघारमा पुगेका छन् ।

यो जितपछि चेल्सीको नौ खेलबाट १६ अंक भएको छ र शीर्ष चारमा प्रवेश गरेको छ । युनाइटेड भने सात अंकमा सीमित रहेर १६ औं स्थानमा रह्यो र यो रेलिगेसनबाट एक अंकको मात्र अगाडि हो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले मोर्गन रोजर्सको गोलमा ५० औं मिनेटमा अग्रता लिएको थियो ।

खेलको ६३ औं मिनेटमा लियासान्ड्रो मार्टिनेजलाई रातो कार्डमा गुमाएपछि दस खेलाडीको स्थितिमा रह्यो । त्यसमै प्राप्त पेनाल्टीलाई कोल पाल्मरले गोल गरे र चेल्सी तीन अंक बटुल्न सफल रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →