← समाचारमा फर्कनुस्
Football Oct 30, 2026 · Swadesh

एभरटन अन्तिम आठमा

एभरटन अन्तिम आठमा

एभरटनले लिगकपमा बिहीबार न्युकासल युनाइटेडलाई ३–१ ले हराएको छ र यससँगै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको छ । अब डिसेम्बरमा हुने क्वाटरफाइनलमा एभरटनले फ्लिटउडको सामना गर्नेछ ।

चौथो डिभिजनको फ्लिटउडले यसअघि इंग्लिस च्याम्पियन आर्सनललाई पराजित गरको थियो, तर अब एभरटनलाई उसलाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

एभरटनले अहिलेसम्म लिगकप जितेको छैन् । यस्तै एभरटनले सन् १९९५ यता कुनै ठूलो उपाधि पनि जित्न सकेको छैन् । उसका लागि जेम्स गार्नर, हेडेन ह्याकने र थिएर्नो बारीले एक एक गोल गरे । न्युकासलका लागि खेलको अन्त्यतिर डन बर्नले एक गोल फर्काए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →