हङकङ सिक्सेस २०२६ को उपाधि अफगानिस्तानलाई

अफगानिस्तानले हङकङ सिक्सिज २०२६ को उपाधि जितेको छ। आइतबार तिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा भएको फाइनलमा अफगानिस्तानले अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको हो।
कप्तान गुलबदिन नाइबको नेतृत्वमा रहेको अफगानिस्तान अस्ट्रेलियाले दिएको ११६ रनको लक्ष्य ५.१ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर ११५ रन बनाएको थियो।
अस्ट्रेलियाका लागि म्याक्स ब्रायन्टले १४ बलमा ४४ रनको आक्रामक पारी खेले भने निक हब्सनले ८ बलमा २३ रन तथा एलेक्स रसले १० बलमा २९ रनको अविजित पारी खेलेका थिए। अफगानिस्तानका कारिम जनात र नङ्ग्यालिया खरोटेले समान १-१ विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले सुरुमै दुई ओपनर गुमाएको थियो। कप्तान नाइब ६ बलमा १७ रन बनाएर आउट भएपछि टिम दबाबमा देखिएको थियो। तर, त्यसपछि क्रिजमा आएका इमरान मिर र फर्मानुल्लाह साफीले आक्रामक ब्याटिङ गर्दै टिमलाई जितसम्म पुर्याए। इमरान मिरले १४ बलमा २ चौका र ७ छक्कासहित ५३ रनको विस्फोटक अविजित पारी खेले भने फर्मानुल्लाहले ७ बलमा ४ छक्कासहित २६ रन बनाए।
यो जितसँगै अफगानिस्तानले हङकङ सिक्सिजको इतिहासमा आफ्नो नाम पहिलो पटक दर्ता गरेको छ। प्रतियोगितामा अफगानिस्तानले समूह चरणमा दक्षिण अफ्रिका र ओमानलाई हराउँदै सेमिफाइनलमा स्कटल्यान्डलाई २१ रनले पराजित गरेको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |