LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 19, 2026 · Swadesh

समूह डीः दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

समूह डीः दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि फर्किएका छन् । शुक्रबार मध्यराति अमेरिकाले पहिलो चरणको अर्को विजेता अस्ट्रेलियासँग खेल्दैछ 

अर्को खेलमा पाराग्वे र टर्की आमने–सामने हुनेछन् । यो खेलमा दुबै दबाबमा हुनेछन् । किनभने हारले दुबैको विश्वकप आशालाई धागोले झुण्ड्याउनेछ ।

अमेरिका भर्सेस अस्ट्रेलिया
पाराग्वेविरुद्ध अमेरिकाको जित प्रभावशाली रह्यो । प्रतियोगिताको पूर्व सन्ध्यामा मोउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको टोलीमाथि प्रश्नहरु आइरहेको थिए । अमेरिकाले घरेलु मैदानमा अपेक्षाअनुरुप खेल्न सक्ला कि नसक्ला भन्ने कुराहरु चलिनै रहे । तर, लस एन्जलसमा प्राप्त जितले अमेरिकी टोलीप्रति अपेक्षा उल्लेखनीय रुपमा बढाएको छ । अब त चर्चा टोली कति टाढासम्म पुग्न सक्छ भन्ने दिशातर्फ मोडिएको छ ।

खेलको पहिलो ह्विस्सलसँगै अमेरिका निकै नै शार्पर कन्फिडेन्ट देखिएको थियो । निरन्तर पाराग्वेन रक्षापङ्क्तिलाई दबाबमा पारिरहेको थियो । जब जब बालोगुनसम्म बल आइपुग्थ्यो, उनीहरु हरेक पटक खतरनाथ देखिन्थे । रक्षापङ्क्तिमा पनि अमेरिका मजबुत देखियो ।
स्ट्राइकर फोलारिन बालोगुनले सबैको ध्यान आफूतिर ताने । ४–१ कोजितमा बालोगुनले दुई गोल गरे ।
अस्ट्रेलियाले पनि अपेक्षाभन्दा माथिको खेल प्रस्तुत गर्यो । डार्क हर्शका रुपमा हेरिएको टर्कीविरुद्ध २–० को जित वास्तवमै आश्चर्यजनक थियो । टोनी पोपाभिकको नेतृत्वमा रहेको अस्ट्रेलियाले पूरा समय ‘डिफेन्सिभ अप्रोच’मा खेलेको थियो । टोलीको पोजेसन मात्र २८ प्रतिशत थियो ।

टर्कीले अस्ट्रेलियाको पोस्टमा ३० सट्स अटेम्प्ट गरेको थियो । तर, अस्ट्रेलिया खेलअवधिभर अनुशासित रह्यो । पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका गोलकिपर प्याट्रिक बीचले आठ सट्स अन टार्गेटलाई विफल पारिदिए । अन्त्यमा नेस्टोरी इरानकुन्डा र कोनर मेटकाफको गोलमा अस्ट्रेलिया विजयी भयो ।

सकरुजले आत्मविश्वासी अमेरिकाविरुद्ध अर्को कठिन साँझ बिताउनेछ । अमेरिकाले पछिल्ला दुई भेटमा अस्ट्रेलियालाई हराएको छ । पछिल्लोपटक अमेरिकाले अक्टोबर २०२५ मा २–१ को विजयी हासिल गरेको थियो ।



टर्की भर्सेस पाराग्वे
शनिबार बिहान नेपाली समयअनुसार बिहान ८ः४५ बजे सान फ्रान्सिस्कोमा टर्की र पाराग्वे दुबै अत्याधिक दबाबमा हुनेछन् । नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन दुबैलाई जितको विकल्प छैन ।  

टर्की बलियो लय र उच्च अपेक्षाका साथ अमेरिका पुगेको थियो । युरोपियन च्याम्पियनसिप २०२४ मा प्रभावशाली प्रदर्शन गरेको टर्की अमेरिकामा हेर्नलायक टोलीमध्ये एक हो । पोजेसनमा डोमिनेट गरेपनि अन्त्यमा आफूभन्दा कम फिफा वरीयताको अस्ट्रेलियासँग हार्नु पर्दा भिन्सेन्जो मोन्टेलाको टोली निराश बनेको थियो । दुई दर्जनभन्दा बढी प्रयासमा पनि गोल गर्न नसक्दा ठूलो स्टेजमा टर्कीले प्रदर्शन गर्न सक्दैन भन्ने चर्चा हुन थालेको छ ।

टर्कीले समूहको अन्तिम खेलमा अमेरिकासँग खेल्नेछ । निश्चित छ, टर्कीविरुद्ध अमेरिका फेबरेट नै रहनेछ । त्यसैले पनि टर्कीलाई पाराग्वेविरुद्ध तीन अंक अत्यावश्यक छ ।

गुस्ताफो अल्फारोको टोलीले ‘डिफेन्सिभ अर्गनाइजेसन’ र कन्सिस्टेन्सी’ले छनोट प्रतियोगितामा सफलता हासिल गरेको थियो । यसबीच टोलीले ब्राजिल र अर्जेन्टिनाजस्ता ठूला टोलीलाई हरायो । अमेरिकाविरुद्धको पराजय विर्सनलायक रहे पनि टर्कीविरुद्ध पाराग्वेले छनोट प्रतियोगिताको यात्रालाई प्रेरणाका स्रोतका रुपमा लिनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group L
1 England 1 3
2 Ghana 1 3
3 Panama 1 0
4 Croatia 1 0
सबै समूह →