← समाचारमा फर्कनुस्
Cricket Nov 10, 2023 · Nepalsports

सीता सम्मिलित जाडे जेट्सको विजयी शुरूआत

सीता सम्मिलित जाडे जेट्सको विजयी शुरूआत

काठमाडौँ– सीताराना मगरसम्मिलित जाडे जेट्सले हङकङमा जारी वुमन्स अल स्टार्स टी२० क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। शुक्रबार सम्पन्न खेलमा जाडेले रुविना क्षेत्री बेलबासेसम्मिलित बाउहिनिया स्टार्सलाई ३९ रनले पराजित गर्दै विजयी शुरूआत गरेको हो। जाडेले दिएको १३३ रनको लक्ष्य पछ्याएको बाउहिनियाले निर्धारित २० ओभरमा ९३ रन मात्रै बनाउन सक्यो। बाउहिनियाका लागि रुविनाले अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन्। उनले ३९ बलमा १ चौका प्रहार गरिन्। मारियम बिबीले २२ बलमा १ चौकासहित २२ रन बनाइन्। ओपनर इमा लीले १९ रन बनाउँदा इकरा शाहार ३ रनमा अविजित रहिन्। जाडेका लागि लागि मारिया बालोचले २ तथा एलिसन सियु र फतिमा अमिरले समान १ विकेट लिए। ४ ओभर बलिङ गर्दै १२ रन दिएकी सीता भने विकेटविहीन रहिन्। सीता ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →