← समाचारमा फर्कनुस्
Football Nov 21, 2023 · Nepalsports

सप्तमी कप २०८० को उपाधी आरोहण क्लबलाई

सप्तमी कप २०८० को उपाधी आरोहण क्लबलाई

पाँचथर (शिशिर बस्नेत)- पाँचथरको मिक्लाजुङ्ग गाउँपालिका वडा नं- २ सप्तमी बजारमा सुभ दिपावली बडा दशै र तिहारको अवसरमा भएको सप्तमी खुल्ला नकाआउट फुटबल प्रतियोगिताको उपाधी घरेलुु टोलि आरोहण क्लबले जितेको छ।

श्री युवा वर्ष माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको प्रतियोगिताको फाइनलमा फुएतप्पा इलामको फुङवा एफसिलाई ३-० गोलअन्तरले पराजित गर्दै आरोहणले उपाधी जितेको हो।

आरोहणको जितमा पहिलो हाफको १७ओ मिनेटमा सबिन फ्यकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।  सबिनले मैदानको मध्य भागबाट प्रहार गरेको बलले गोलपोस्ट्को जाली चुमेको थियो ।

त्यस्तै दोस्रो हाफको ११ओ मिनेटमा आरोहणका युरोप लिम्बुले गोल गर्दै टोलिको अग्रता दोब्बर बनाए। त्यस्तै दोस्रो हाफको इन्जुरी समयमा समीर लिम्बुले गोल गर्दै आफ्नो टोलिको जित सुनिश्चित गराए।

उपाधीसंगै आरोहण क्लबले नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उता पराजित फुङवा एफसिले नगद रु १० हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

त्यस्तै फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका फुङवा एफसिका टिम कप्तान विशाल लिम्बु म्यान अफ द म्याचको अवार्ड प्राप्त गरेका छन् । सप्तमी बजारका युवा समाजसेवी श्री सुर्य ब.आङ्देम्बेले म्यान अफ द म्याचलाई नगद रु १००० प्रायोजन गरेका थिए  ।

त्यस्तै प्रतियोगितामा कुल ४ गोल गरेका आयोजक टोलिका स्ट्राइकर रुपेन आङ्देम्बेले टप स्कोररको अवार्ड जितेका छन। टप स्कोरर बनेका रुपेनले नगद रु ५०० रुपैयाँ प्राप्त गरेका छन् ।

साथै उपविजेता बनेको फुङवा एफसिले प्रतियोगितामा फेर प्ले टिमको अवार्ड प्राप्त गरेको छ।

बडा दशै र तिहारको अवसरमा मिक्लाजुङ्ग-२ को आयोजनामा भएको सप्तमी खुल्ला नकाआउट फुटबल प्रतियोगितामा कुल ३८ टिमको सहभागिता रहेको थियोे । पाँचथर जिल्लामा आयोजना हुने गोल्डकपमा यति धेरै टिमले सहभागिता जनाएको यो पहिलोपटक समेत हो। 

आठ वर्ष पछि भएको भएको प्रतियोगितामा सम्पुर्ण टिमहरुको उत्साहजनक सहभागीता भएको आयोजक मिक्लाजुङ्ग-२ ले बताएको छ। 

यस खेल मैदानमा अन्तिमपटक वि.सं २०७२ सालमा प्रतियोगिता आयोजना भएको थियो । त्यसपछि विभिन्न कारणहरुले गर्दा आयोजना हुन नसकेको यस प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिने आयोजकले जानकारी दिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →