← समाचारमा फर्कनुस्
Football Sep 11, 2023 · Shishir

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसलको तयारी पूरा

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसलको तयारी पूरा

काठमाडौँ, भदौ २५ गते- प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा मङ्गलबारदेखि लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ । असोज ३ गतेसम्म हुने सो प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३० वडाको सहभागिता रहनेछ । पहिलो खेल काठमडौँ महानगरपालिका र २३ वडा बीच हुनेछ ।

आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनल नेपालमा फुटसलको व्यवसायिक प्रवद्र्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडा स्तरबाटै यो फुटबल प्रतियोगितको आयोजना गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रतियोगितामा करीब ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र पाँच सय युवा परिचालन हुनेछन् ।

नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

यस फुटसल प्रतियोगितालाई सफल पार्न वडा सदस्य गोलपाल नापितको संयोजकत्वमा सदस्यहरु राजेश मास्के, हरिओम श्रेष्ठ, प्रज्वल शाक्य, विशाल श्रेष्ठ र रामबहादुर रम्बा रजक रहेको छ सदस्यीय मूल समिति गठन गरिएको छ । 

आयोजकले काठमाडौँ महानगरपलिका प्रमुख बालेन्द्र शाहले प्रतियोगिताको उद्घाटन गर्ने जानकारी दिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →