← समाचारमा फर्कनुस्
Cricket Mar 10, 2023 · Nepalsports

पिएनजीद्वारा युएई पराजित

पिएनजीद्वारा युएई पराजित

काठमाडौ- आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आजको खेलमा पपुवा न्यु गिनी (पीएनजी) ले युएईलाई ५६ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २४७ रनको लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १९० रनमै समेटिएपछि पराजित भएको हो ।

यूएईका लागि आर्यन लाक्राले सर्वाधिक ५१ रन बनाए, ओपनर मोहम्मद वजिमले ४१ रन जोड्दा आशिफ शेख ११ रन बनाएर आउट भए ।

बलिङतर्फ पीएनजीका लागि रिले हेकुरेले सर्वाधिक ३ विकेट लिदा कबुए मोरिए, अशद भालाले समान २–२ विकेट लिए भने नोरमान भनुवा र सिमो कामियाले समान १ –१ विकेट लिए ।

यसअघि पीएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन बनाएको थियो। उसका लागी सेसे बाउले यर्वाधिक ८१ रन बनाएका थिए। त्यस्तै हिरिले ७७ रन बनाउदा किप्लीन डोरिगाले ५५ रन बनाए। उता बलिंगतर्फ युएईका लागी आयान खानले सर्वाधिक ३ विकेट लिए। त्यस्तै जुनेद सिद्धिकी र जाहोर खानले समान २/२ विकेट लिदा कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १/१ विकेट लिएका थिए।

यो पराजयसँगै युएईको लिग टू को शीर्ष ३ मा रहेर सिधा विश्वकप छनोट हुने सम्भावना औपचारिक रुपमा समाप्त भएको छ ।

पीएनजीले यो खेल जितेपनि लिग टू मा ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ । उता पराजित
भएपछि युएई ३३ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →