← समाचारमा फर्कनुस्
Cricket Feb 27, 2023 · Nepalsports

पारासलाई मनास्लु खेलकुद सम्मान

पारासलाई मनास्लु खेलकुद सम्मान

मनास्लु वल्र्ड स्कुल÷कलेजले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सोमबार मनास्लु खेलकुद सम्मान प्रदान गरेको  छ । मनास्लुले आफ्नो २५ औं स्थापना दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान पु¥याएवापत पारसलाई खेलकुद क्षेत्रबाट सम्मान गरेको हो ।

सो अवसरमा वरिष्ठ संगितकार शम्भुजित बाँस्कोटा, सञ्चारकर्मी टिकाराम यात्री, शिक्षाकर्मी रितुराज सापकोटा र समाजसेवी रामजी अधिकारीलाई पनि सम्मान गरिएको । त्यसै अवसरमा मनास्लु वल्र्ड कजेजका एकेडेमिक हेड शशि केसीलाई मनास्लु विशेष सम्मान अवार्डबाट सम्मानित गरियो ।

उनीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, मनास्लुका चेयरम्यान गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्लाका साथै प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा मनास्लु कक्षा १२ अध्ययन गरिसकेका विद्यार्थीलाई बिदाइ गरिएको थियो भने कक्षा ११ भर्ना भएकालाई स्वागत गरिएको थियो ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →