Share on:

प्याट्रिओटिक पन चेस च्याम्पियनसिप सम्पन्न
September 19th, 2024

काठमाडौं । हिमालयन चेस एकेडेमीको अयोजना प्याट्रिओटिक पन चेस च्याम्पियनसिप सम्पन्न भएको छ।

संविधान दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ४९ खेलाडी सहभागी भएका थिए। प्रतियोगिता यू–७, यू–९ यू–११ र यू–१३ विभिन्न उमेर समूहहरूमा आयोजना गरिएको थियो।

यु–७ महिलातर्फ रुब्रेश्री चौलागाईं प्रथम भइन् भने आहाना शाह दोस्रो र तेस्रो स्थानमा शुभानी पण्डित भएकी छन्।

गर्ल्स यू–९ मा अग्रता आचार्य ५ अंकसहित प्रथमे, अमिषा कोइराला ४ अङ्कका साथ दोस्रो तथा प्रियंशा प्रधान ३ अंकसहित शीर्ष तीनमा रहिन्।

गल्र्स यू–११ विधामा निहाना श्रेष्ठ २ अंकसहित प्रथम, नयुमा मगर दोस्रो र डोमा तामाङ तेस्रो भए।

यु–१३ गल्र्स डिभिजनमा एन्जल महर्जनले उपाधि जितिन् भने क्रिष्टि रिजाल उपविजेता भइन्।

ब्वाइजको यू–७ समूहमा रातो बंगला स्कुलका शुभाङ्ग प्रधान र साङ्ग्रिला पब्लिक स्कुलका सयश बस्नेत दुवैले साढे चार अंक जोडे। तर, टाइब्रेकर नियमका कारण शुभांग विजयी भए। अवन महर्जन ३ अंकसहित तेस्रो भए।

ब्वाइज यू–९ तर्फ प्रकृति बाटिका स्कुलका शौमिल चित्रकारले ४ अंकका साथ अग्रता बनाएका थिए भने एल्विक अधिकारीले पनि ४ अंक बनाए पनि टाइब्रेकको आधारमा दोस्रो स्थानमा रहे। उत्कर्ष गिरी साढे ३ अंकका साथ तेस्रो भए।

प्रसित खनालले केटाको यू–११ मा उत्कृष्ट प्रदर्शन गर्दै ५ अंकका साथ उत्कृष्ट प्रदर्शन गरे। सात्विकमान तुलाधर ४ अंकका साथ दोस्रो स्थानमा रहे भने लियोन महर्जनले पनि ४ अंक जोडेर तेस्रो स्थानमा रहे।

ब्वाइज यू–१३ मा उपाधि प्रविर केसीले जितेका छन्। निश्चल रिमाल र तपस तामाङ दुवैले साढे तीन अंक जोडे भने निश्चलले टाइब्रेकबाट दोस्रो स्थान हासिल गरे।

प्रत्येक विधाका उत्कृष्ट तीन विजेतालाई प्रमुख अतिथि अल एन्जलस नेपालकी अध्यक्ष अमिषा श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खाम्बुले मेडल, इ–प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए।


Swadesh Maharjan | September 19th, 2024

Comments

No comments yet.