Share on:

बागमतीमाथि वालिङको सहज जित
September 19th, 2024

काठमाडौं । वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बागमती युवा क्लबमाथि सहज जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिवार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोलले पराजित गरेको हो।

वालिङको जितमा सिसी एनटोङ्गो र ज्याकलिन नसालीले समान दुई गोल गरे। 

यो जितसँगै ६ खेलमा १२ अंक जोडेको वालिङ चौथो स्थानमा उक्लिएको छ। पराजित बागमती समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ।


Swadesh Maharjan | September 19th, 2024

Comments

No comments yet.