Share on:

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न
September 19th, 2024

काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

डा.मनिष राज पाण्डेको अध्यक्षतामा बिहीवार एक समारोहकाबीच सम्पन्न भएको हो।

साधारण सभामा संघका सचिव संजय बस्नेतले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष कवि खागीले वार्षिक आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए। साधारण सभाले कार्य समितिबाट प्रस्तुत भएको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक प्रगति विवरण, वार्षिक आर्थिक प्रतिवेदन, वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ।

सभाले आर्थिक बर्ष २०८१/०८२ को वार्षिक लेखा परीक्षणका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ। आर्थिक बर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम, कार्य योजना र बजेट पारित समेत पारित गर्यो।

चालु आर्थिक बर्ष २०८१/०८२ मा एनसीसीएस आमन्त्रित उपत्यकाव्यापी टी–२० क्रिकेट प्रतियोगितालाई निरन्तरता दिईने साधारण सभाले निर्णय गरेको छ।


Swadesh Maharjan | September 19th, 2024

Comments

No comments yet.