← समाचारमा फर्कनुस्
टस हारेर ब्याटिंगमा गर्दै नेपाल

काठमाडौ- किर्तिपुरमा आदबाच सुरु भएको आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा
पीएनजीले टस जित्दै फिल्डिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ।
विश्वकप लिग टूको शिर्ष ३ मा रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपालले बाँकी चार खेलमा शतप्रतिशत जितको निकाल्नु पर्नेछ ।
नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । त्यस्तै पीएनजी ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।
नेपाली टिमः
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |