ISMT College Butwal +2 Level Futsal Tournamentको उपाधी सेन्ट जोसेफलाई

ISMT College Butwal +2 Level Futsal Tournamentको उपाधी सेन्ट जोसेफलाई ।
सेन्ट जोसेफले शान्ति नमुना मा वि लाई पेनाल्टी सुट आउटमा ५-४को गोलले हराउदै उपाधी जितेको हो। खेल ६-६ गोलको बराबरी भए पछि पेनाल्टी सुट आउटमा लगिएको थियो। पहिलो हाफमा ५ गोलको अग्रता बनाएको सेन्ट जोसेफले पछिलो हाफ भने खेल्न सकेन र शान्ति नमुनाले निकै आक्रमक तरिकाले बराबरिमा पुराएको थियो।
दुई दिन सम्म संचालन भएको उक्त प्रतियोगिता पहिलो पटक आयोजना गरिएको थियो र प्रतियोगितामा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका १६ कलेज सहभागी भएका थिए।
विजेता टोलिले ३०हजार नगद सहित मेडल र उपहार हात पारेका छन भने द्वितीय हुने टोलिले १५हजार नगद सहित मेडल तथा उपहार प्राप्त गरेका छन।
सर्वाधिक गोल कर्ता - शान्ति नमुना मावीका अनुप थापा भएका छन। उनले ४ खेलमा १२ गोल गरेका थिए।
उत्कृष्ट गोल रक्षक अक्सफोर्ड माविका डेभिड थापा भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी सेन्ट जोसेफका अनुप बुढाथोकीले प्राप्त गरेका छन।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |