नेपाली टोलीको कप्तानी इन्दुले गर्ने

काठमाडौँ– नेपाली टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने चार देशसम्मिलिन महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोलीको कप्तानमा इन्दुलाई नियुक्त गरेको हो।
यसअघि नेपालको कप्तानी रुबिना क्षेत्रीले सम्हाल्दै आएकी थिइन्।
यसैगरी, क्यानले उपकप्तानको जिम्मेवारी बिन्दु रावललाई दिएको छ। यसअघि सीता रानामगर उपकप्तान थिइन्।
कात्तिक २९ देखि मंसिर ३ सम्म हुने शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्ने छ। नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुनेछ।
नेपाली टोली:
इन्दु वर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सिता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, संगीता राई, सम्झना खड्का, खुसी डंगोल, पुजा महतो, कन्चन श्रेष्ठ, सोमु विष्ट, सोनी पाख्रिन
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |