← समाचारमा फर्कनुस्
आइसिसिको नयां वरियतामा नेपालको स्थान सुधार

काठमाडौ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल दुई स्थान माथि उक्लिदै १७ औं स्थानमा उक्लिएको छ।
नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा खेलेको पछिल्ला ८ मध्य ७ खेलमा जितेको थियो। जसले गर्दा नेपालको वरियतामा सुधार भएको हो ।
विश्व वरियतामा भारत शीर्ष स्थानमा रहदा , अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा रहन सफल भएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |