← समाचारमा फर्कनुस्
Football Nov 09, 2023 · Nepalsports

गाती सेभेन 'ए' साइड फुटबल प्रतियोगिता २०८० को क्‍वाटरफाइनल समीकरण पूरा

गाती सेभेन 'ए' साइड फुटबल प्रतियोगिता २०८० को क्‍वाटरफाइनल समीकरण पूरा

गातीमा जारी सिन्धुपाल्चोक जिल्लाको चर्चति फुटबल प्रतियोगिता चौथो संस्करणको गाती सेभेन 'ए' साइड फुटबल प्रतियोगिता २०८० को क्वाटरफाइनल समीकरण पूरा भएको छ।  बिहिबार प्रिक्वाटरफाइनलका तीन खेल सम्पन्न भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो। पहिलो खेलमा आयोजकको गाती युवा क्लब 'सी' लाई २-० गोल अन्तरले हराउँदै बछेलदेवी एफसी 'बी' क्वाटरफाइनलमा प्रवेश गर्यो।  त्यस्तै, दोस्रो खेलमा घुम्थाङ् समाज सुधार युवा समूहलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै सुनखानी युवा क्लब पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो। त्यसैगरी तेस्रो तथा अन्तिम खेलमा अरनिको युवा क्लबले बुदेपा एफसीलाई ५-० को फराकिलो अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ। क्वाटरफाइनलका खेलहरु शुक्रबार हुने छन् । प्रतियोगिता सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-६ स्थित गातीमा गाती युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेताले १ लाख ११ हजार ११ रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →