Share on:

साफ च्याम्पियनसिप : श्रीलङ्काले माल्दिभ्सलाई हरायो
October 18th, 2024

काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा माल्दिभ्सलाई १–० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको हो।

खेलको १८औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै श्रीलंकाका लागि निर्णायक बनेको हो। 

जितसँगै ३ अंक जोडेको श्रीलंका समूह बी को शीर्ष स्थानमा उक्लिएको छ।


Swadesh Maharjan | October 18th, 2024

Comments

No comments yet.