Share on:

पहिलो हाफमा नेपाल गोलविहिन
October 18th, 2024

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपाल भुटानविरुद्ध पहिलो हाफमा गोलविहिन बनेको छ। 

घरेलु मैदानमा दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको समाप्तिमा पाहुना टोली भुटानविरुद्ध नेपाल गोलरहित बराबरीमा रोकिएको हो। 

तुलनात्मक रुपमा भुटानमाथि बल पोजिसनमा हावी बनेको नेपालले गोल भने गर्न सकेनन्। नेपालका लागि १३औं मिनेटमा नेपालको पहिलो प्रहार भुटानकी गोलकिपर संगीता मोंगेरले असफल बनाइन्। रश्मिकुमारी घिसिङले करिब १२ यार्डबाट गरेको प्रहार संगीताले पन्च गर्दै बचाउ गरिन्। त्यसपछि अन्य थुप्रै अवसमा नेपाल चुक्का पहिलो हाफ गोलविहिन बनेको हो।


Swadesh Maharjan | October 18th, 2024

Comments

No comments yet.