Share on:

अमेरिकाले दियो सन्दीपलाई भिसा
October 18th, 2024

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानले अमेरिकाको भिसा पाएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका, नेपाल र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक शृंखला खेल्न जान सन्दीपले भिसा प्राप्त गरेको जानकारी दिएको छ।

अमेरिकी दूतावासबाट भिसा पाएसँगै सन्दीप शुक्रबार बेलुका अमेरिका प्रस्थान गर्ने भएका छन्।


Swadesh Maharjan | October 18th, 2024

Comments

No comments yet.