Share on:

गत विजेता वडा १४ को विजयी सुरुआत
September 18th, 2024

दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा उपाधि रक्षा अभियानमा रहेको वडा नं १४ ले बुधबार विजयी सुरुआत गरेको छ । सोही दिन भएको अन्य खेलमा वडा नं ३, वडा नं २० र वडा नं १० ले पनि आआफ्नो खेलमा जित हात पारेर प्रिक्वाटरफाइनलमा स्थान बनाउन सफल भए । लैनचौर फुटसल मैदानमा वडा १४ ले वडा १५ लाई १–० ले हरायो । सो खेलमा रुपक हमालको गोल निर्णायक बनेको हो । रुपकनै म्यान अफ दि म्याच घोषित हुनुभयो । यसैगरी वडा ३ ले वडा ३0 लाई ७–० को फराकिलो अन्तरले हरायो । विजयी टिमका सुजन महर्जनले चार, प्रज्वल भट्टले दुई तथा अनुराग श्रेष्ठले एक गोल गर्नुभयो । ह्याट्रिकसहित चार गोल गर्ने सुजन म्यान अफ दि म्याच बन्नुभयो । वडा २० ले वडा २९ लाई २–० ले पराजित गर्यो । वडा २० का लागि दुवै गोल युनिक मान डङ्गोलले गर्नुभयो । युनिकनै उत्कृष्ट खेलाडी चुनिनुभयो । बुधबारको अन्तिम खेलमा इम्रोज श्रेष्ठको गोलको सहयागमा वडा नं १० ले लडा नं २ लाई १–० ले निराश बनायो । सो खेलमा इम्रोजले उत्कृष्ट खेलाडीको पुरस्कार पाउनुभयो ।


Abhinav Joshi | September 18th, 2024

Comments

No comments yet.