
सबै खाले प्रतियोगिताका छ खेलमा बेहोरेको लगातार हारमा पूर्ण विराम लगाउँदै टोटनहमले आइतबार इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई १–१ को बराबरीमा रोकेको छ । त्यसमा रिचार्लिसनले ९० औं मिनेटमा टोटनहमका लागि बराबरी गोल फर्काए ।
त्यस अगाडि लिभरपुलले डोमिनिक सबोसलाईको गोलले अग्रता लिएको थियो । यो नतिजाले लिभरपुल ४९ अंकमा पाँचौं स्थानमा रह्यो । टोटनहम भने ३० अंकमा १६ औं स्थानमा रह्यो । उसमाथि रेलिगेसनबाट बच्ने दबाब रहेको छ ।
म्यानचेस्टर युनाइटेड ५४ अंकमा तेस्रो तथा भिल्ला ५१ अंकमा चौथो स्थानमा रहेका छन् । त्यस अगाडि म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको थियो । अन्य खेलमा क्रिस्टल प्यालेस र लिड्स युनाइटेड तथा नटिंघम फरेस्ट र फुलहमले समान गोलरहित बराबरी खेलेका थिए ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]