
बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सेभियालाई ५–२ ले हराएको छ र शीर्ष स्थानमा फेरि चार अंकको अग्रता लिएको छ । बार्सिलोनाको २८ खेलबाट ७० अंक भएको छ । उसको पछाडि रियल म्याड्रिड ६६ अंकमा दोस्रो स्थानमा रहेको छ ।
क्याटलान क्लबको जितको नायक रहे, राफिन्हा । उनले शानदार ह्याट्रिक गरे । बार्सिलोनाका लागि डानी ओल्मो र जाओ क्यान्सेलोले पनि एक एक गोल गरे । अन्य खेलमा रियल सोसिडाडले ओसासुनालाई ३–१ ले हरायो भने रियल बेटिस र सेल्टा भिगोले १–१ को बराबरी खेले ।
सोसिडाड ३८ अंकमा सातौं स्थानमा उक्लिन सफल रह्यो र उसको अर्को सिजन युरोपमा खेल्ने सम्भावना जीवन्त रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]