Share on:

एन्फा राष्ट्रिय लिगमा आज तीन खेल हुँदै
March 16th, 2026

काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत सोमबार तीन खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा शीर्ष टोलीदेखि मध्यतालिकाका टोलीसम्म प्रतिस्पर्धामा उत्रनेछन्।


दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहान १० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ।


दोस्रो खेलमा लालीगुराँस एसोसिएसन र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ।


दिनको अन्तिम खेलमा मच्छिन्द्र फुटबल क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ। यो खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ।


जारी लिगमा १० खेलबाट २५ अंक जोडेको मच्छिन्द्र फुटबल क्लब तालिकाको शीर्ष स्थानमा छ। ११ खेलबाट समान २५ अंक जोडेको सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब दोस्रो स्थानमा रहेको छ।


यस्तै, ११ खेलबाट २२ अंक जोडेको प्लानिङ ब्वाइज युनाइटेड तेस्रो स्थानमा रहँदा १० खेलबाट समान २२ अंक रहेको संकट फुटबल क्लब चौथो स्थानमा रहेको छ।


Swadesh Maharjan | March 16th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya