चितवन जितबाट वञ्चित

काठमाडौँ– दोस्रो हाफको इन्ज्युरी समयमा सम्हालिन नसक्दा चितवन एफसी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित हासिल गर्न वञ्चित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा चितवनले साबिक विजेता काठमाडौँ रेजर्ससँग १–१ गोलको बराबरी खेलेको हो।
चितवनले विमल घर्तीमगरको गोलमार्फत अग्रता लिए पनि दोस्रो हाफको इन्ज्युरी समयमा आन्द्रेस नियाले गोल फर्काउँदै काठमाडौँलाई हारबाट जोगाए।
८६औँ मिनेटमा चितवनले अग्रता लियो। परिवर्तित खेलाडी नवयुग श्रेष्ठले दोस्रो बारतिर दिएको बललाई अनमार्कमा रहेका विमलले तोजिडिनोभलाई टच गराउँदै जाली चुमाए।
दोस्रो हाफको इन्जुरी समयमा काठमाडौँ खेलमा फर्कियो। मध्य भागबाट अञ्जन राईले दिएको एअरबललाई क्लियर गर्ने क्रममा रोशन रानामगरले डी एरियाभित्र बल पुर्याएका थिए। उक्त बललाई आन्द्रेस नियाले जाली चुमाए।
काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी डी मेचीलाई १–० गोल अन्तरले पराजित गरेको थियो। चितवनको यो पहिलो अंक हो।
पहिलो खेलमा चितवन पोखरासँग १–० गोल अन्तरले पराजित भएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |