← समाचारमा फर्कनुस्
Cricket Mar 24, 2023 · Nepalsports

एपिएफको लगातार दोस्रो जित

एपिएफको लगातार दोस्रो जित

काठमाडौं- नेपाल एपिएफ क्लबले लतिलपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

एपिएफले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको हो ।

खेलमा १२२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो। उसका लागि कविता कुवरले सर्वाधिक ५१ रन बनाउदा कविता जोशीले २६ र सम्झना खड्काले १७ रन बनाइन।

एपीएफका लागि सुमन विष्टले २ तथा कप्तान सीता राना मगर र इन्दु बर्माले समान १/१ विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेटको क्षतिमा १२१ रन बनाएको थियो।

उसका लागि कप्तान सीता राना मगरले ५९ ५४ रन, ईन्दु बर्माले ४५ रन र ज्योती पाण्डेले १३ रन बनाइन।

यो जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ। त्यस्तै पहिलो सुदूरपश्चिमको समान खेलबाट दुई अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →