← समाचारमा फर्कनुस्
Cricket Mar 30, 2023 · Nepalsports

एपिएफद्वारा कोशीलाई जितका लागी १५५ रनको विशाल लक्ष्य

एपिएफद्वारा कोशीलाई जितका लागी १५५ रनको विशाल लक्ष्य

काठमाडौं-  जारी ललितपुर मेयर्स महिला टि-२० क्रिकेटको फाइनल खेलमा एपिएफले कोशी प्रदेशलाई जितका लागी १५५ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हाररे पहिले ब्याटिंग गरेको एपिएफले पुरै ओभरमा खेल्दै १ विकेटको क्षतिमा १५४ रन बनाएको  हो । 

एपिएफका लागी  कप्तान सिता राना मगर र इन्दु वर्माको १३६ रनको साझेदारी गरेपछि एपिएफ बलियो स्थितिमा पुगेको हो । 

एपिएफका लागि कप्तान सिता राना मगरले ७९ को सानदार ब्याटिंग गर्दा इन्दु वर्माले ५१ रन बनाइन् । 

ओपनर जोति पाण्डेलाई २ रनमा गुमाएको एपिएफका लागि सिता र इन्दुले सानदार पारि खेले । 

यता कोशीका लागि अलिशा खडियाले एक विकेट लिइन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →