जिम्बावेको लगातार दोस्रो जित, नेदरल्यान्ड्स पराजित

सिकन्दर राजाको अलराउन्ड प्रदर्शनमा घरेलु टोली जिम्बावेले आईसीसी एक दिवसीय विश्वकप छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार सम्पन खेलमा जिम्बावेले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो।
नेदरल्यान्ड्सले दिएको ३१६ रनको लक्ष्य पछ्याएको जिम्बावेले ४०.५ ओभरमा ४ विकेट गुमाउँदै ३१९ रन बनायो।
जिम्बावेका राजाले ५४ बलमा ६ चौका र ८ छक्कासहित १०२ रनको अविजित इनिङ्स खेले। उनको यो ओडीआई करिअरको सातौँ शतक हो।
यस्तै, सेन विलियम्सले ५८ बलमा १० चौका र २ छक्कासहित ९१ रन बनाए। कप्तान क्रेग इर्भिन ५०, ओपनर जोएलोर्ड गुम्बि ४० र वेस्ले माधेभेरे १० रनमा आउट भए। रायन बर्ल १६ रनमा अविजित रहे।
नेदरल्यान्ड्सका शाइज अहमदले सर्वाधिक २ विकेट लिए। बास् डे लिड र विक्रमजित सिंहको नाममा १/१ विकेट रह्यो।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१५ रन बनायो।
नेदरल्यान्ड्सका ओपनर विक्रमजित सिंहले १११ बलमा ९ चौकासहित ८८ रन बनाए। अर्का ओपनर म्याक्स ओ’डाउड ५९ र कप्तान स्कट एडवार्ड्स ८३ रनमा आउट भए। साकिव जुल्फिकर ३४ रनमा अविजित रहँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
जिम्बावेका सिकन्दर राजाले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ५५ रन खर्चिए। रिचर्ड एनगाभाराको नाममा २ विकेट रह्यो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |